नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली गाउँपालिका ३ मा नेकपा एमालेको ग्रास रुट अभियान कार्यक्रम शुभारम्भ

नेकपा एमालेको ग्रास रुट अभियान अन्तर्गत दुर्गाथली गाउँपालिका वडा नम्बर ३ मा आज कार्यक्रम शुभारम्भ भएको छ । उक्त कार्यक्रममा आज पहिलो दिन ११ वटा कार्यादेशमा सदस्यता नवीकरण गर्ने, पार्टी कमिटीहरूको व्यवस्थापन गर्ने, प्रशिक्षण गर्ने, भेला, बैठक अन्तरक्रिया, स्थानीय समस्या बुझ्ने, पार्टीभित्रको अन्तरविरोध हेर्ने र हलसमेत गर्नेलगायत कार्य भएका छन् । 

नेकपा एमाले दुर्गाथली गाउँपालिका वडा नम्बर ३ का वडा सचिव दमन बहादुर पार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य महेशप्रसाद जोशी प्रमुख अथितिको प्रमुख अतिथि रहनुभएको थियो ।

साथै कार्यक्रममा जिल्ला कमिटी सदस्य लोकेश खाती र युवा संघ नेपालका जिल्ला सदस्य पंकज बिक, गाउँकमिटी सदस्य कृष्णबहादुर रावल, डबल धामी, हर्कबहादुर धामी, जयबहादुर धामी सहित वडा कमिटीका अन्य सदस्यहरुको उपस्थिति थियो । यस्तै भोली नेकपा एमालेको ग्रास रुट अभियान दुर्गाथली ३ को रकैल टोलमा गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै