नेभिगेशन
सुदूरपश्चिम

काँकरका लागि धारपारि पुगे छबिसपाथिभेराबासी, चैत २१ गतेबाट साँस्कृतिक र खेलकुदका कार्यक्रम सुरु हुने

आज चैत्र कृष्ण औंसी तथा काँक्रेऔंसी । आजबाट सुदूरपश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतली मेलाको सुरुवात भएको छ । आज पहिलो दिन बान्नीमष्टा मन्दिरमा लैजानका लागि धारपारिबाट काँकर ल्याउने प्रचलन रहेको छ ।

बान्नीकोट्याल, धामीगाईँ र मोत्याल मुग्लालले छुट्टाछुट्टै तीनवटा काँकर ल्याएर बीचबाटोमा आरामका लागि बस्ने गर्दछन् । आज बास बसेका स्थानीयले भोली बिहानै फेरि काँकर बोकर आआफ्नो तोकिएको ठाउँमा सेलाउने गर्दछन् ।

आजबाट सुरु भएको यो बान्नीकी चैतली मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भए पछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी देविराज पन्डितले बताउनुभयो ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३० मिटरलामो कांकरलाई मानिसहरुले समाएर ३ सय मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन रहेको छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छबिसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा आउने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ ।

पश्चिम नेपालकै विषिष्ठ परम्परा बोकेको यस मेलामा स्थानिय भेषभुषा र कला सस्कृतीको अवलोकन गर्नका विभिन्न जिल्लाका मानिसहरु चैतली पुग्ने गरेका छन् ।  परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारे पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भै महिषाशुरको बध गरेको खुसियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।  यसपटक विभिन्न साँस्कृतिक, देउडा र खेलकुदका कार्यक्रम चैत २१ गतेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै