नेभिगेशन
सुदूरपश्चिम

बुंगलका उपमेयरको फेसबुक स्ट्याटस : दुई तिहाई बहुमतका सामु हामी किनाराका साक्षी भयौं

बुंगल नगरपालिकामा लामो समय प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताले सास्ती पाएको गुनासो बढ्न थालेका बेला उपमेयरले भने यसमा आफू जिम्मेवार नरहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उपप्रमुख धनबहादुर बोहराले आफू दुई तिहाई बहुमतका सामु आफू किनाराका साक्षी भएको बताएका छन् । आफूलाई काम गर्ने वातावरण नभएको भन्दै गत पुसमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका देवराज जोशीले राजिनामा दिन बाध्य भएको बताएका थिए ।

त्यसयता बुंगल नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । पालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।आर्थिक कारोबारका कामहरु ठप्प छन भने विकास निर्माणमा अवरोध आएको छ ।  


यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका देवराज जोशीले आफूलाई धाक धम्की देखाउन थालेपछि राजिनामा दिएको स्पष्ट पारेका थिए । त्यसयता बुंगलका जनप्रतिनिधि एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । मेयर नेपाली कांग्रेसबाट बिजयी भएका हुन् भने उपमेयर नेकपा एकीकृत समाजवादीबाट बिजयी भएका हुन् । 

मेयर जयबहादुर धामीले भने उपमेयरले नै राजिनामा दिन लगाएर आफू चोखिन खोजेको बताएका छन् भने उपमेयर बोहराले यसमा आफू जिम्मेवार नरहेको र निमित्त प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीलाई पुन: जिम्मेवारी दिनुपर्ने बताएका छन् ।

यस्तो छ बोहराको फेसबुक स्ट्याटस ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै