नेभिगेशन
सुदूरपश्चिम

चर्को बैंक ब्याजदर विरुद्ध बजार बन्द गरेर सडकमा उत्रदै बझाङका उद्योगी व्यवसायी 

बझाङ : बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध बझाङका उद्योगी, व्यवसायी झन कडा रुपमा संघर्षमा उत्रिएका छन् । सोमबारदेखि २० गतेसम्म बिहान ११ बजेसम्म बजार बन्द गर्ने बझाङ उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । सोमबारबाट हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्नुका साथै विरोध र्‍याली निकाल्ने तालिका समेत बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङ तथा सदरमुकाम चैनपुरका चोकहरुमा समेत विरोध प्रदर्शन गरिने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । उद्योगी व्यवसायीहरुले अघि सारेका माग एक महिना भित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने समेत उधोग वाणिज्य संघको चेतावनी छ ।

बझाङमा फागुन १८ गते ‘नो डिपोजिट’ अर्थात कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, आफुअनुकुल ब्याज वृद्धि लगायतको विरोध गर्दै जिल्लाभरी नै यसको विरुद्ध स्वरुप २० गतेसम्मका लागि विभिन्न चार बुँदे कार्यतालिका नै बनाएर उधोग वाणिज्य संघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै