नेभिगेशन
सुदूरपश्चिम

हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै

बझाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेद्वार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङमा यसपटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत खसेको हो । बझाङको प्रदेशसभा क का लागि ६१ हजार १ सय ६९ मतदाता रहेकोमा ३२ हजार ८ सय ३३ मत खसेको छ । जुन ५३ दशमलव ६८ प्रतिशत हो भने प्रदेशसभा ख का लागि ६१ हजार २ सय ७ मतदाता रहेकोमा ३० हजार ६५६ मत खसेको छ जुन ५२ प्रतिशत हो । 

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना प्रतिनिधिसभा सदस्यका लागि र ६ जना प्रदेशसभाका लागि चुनावी मैदानमा रहेका छन् । छिटफुट घटना घटे पनि बझाङमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख विमलप्रसाद गौतमले बताएका छन् । हालसम्म बझाङका ११ वटा स्थानीय तहका १ सय ३० मतदान स्थलको मत पेटिका सदरमुकामस्थित जिल्ला अदालत मतगणनास्थल पुर्‍याइएको छ । 

बाँकी विकट साइपाल गाउँपालिकाको ५ मतदानस्थलको हेलिकप्टर र पैदलबाट सदरमुकाम चैनपुर ल्याउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्‍यालले बताए । उनका अनुसार आज वेलुका मतपेटीका पुगेपछि सर्वपक्षिय बैठक बसेर मतगणना सुरु हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै