नेभिगेशन
सुदूरपश्चिम

बझाङको बुङ्गलमा पनि शंकास्पद वस्तु फेला

बझाङ : बझाङको बुङ्गल नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको वडा नं ८ स्थित सत्य माध्यामिक बिद्यालय तोलिचौरको मतदान केन्द्र ५०० मिटर टाढा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहानै मतदाता मतदान स्थलतिर जानेक्रममा मतदान स्थलनजिकै शंंकास्पद वस्तु फेला परेको हो। रातो कपडाले बेरिएको अवस्थामा चार बाहिर निकालि बम जस्तो देखिने शंकास्पद बस्तु राखिएको जिल्ला प्रहरी कार्यालय का डिएसपी जागेश्वर भण्डारीले बताए।

शंकास्पद वस्तु फेला परेपछि मतदातामा त्रास उत्पन्न भएको छ । शंकास्पद वस्तुनजिकै प्रवेश गर्न नेपाल प्रहरीले रोक लगाएको छ । उनका अनुसार उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली गइरहेको बताइएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै