नेभिगेशन
सुदूरपश्चिम

बझाङमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दुक पड्कियो

जयपृथ्वी नगरपालिका -१ को जंगलमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दु पड्कियो । निर्वाचनको पुर्वसन्ध्यामा बझाङको जयपृथ्वी नगरपालिका-१ कैलासको जंगलमा गएराती भरुवा बन्दुक पड्किएको छ ।

शुक्रबार करिब राति फरक-फरक समयमा १०:३०, ८ः ०० र ९ :१५ बजेतिर नारायण माध्यामिक विध्यालयमा रहेको मतदानकेन्द्र बाट करिब डेढकिलोमिटर टाढा पुर्वतिर भरुवा बन्दुक पढ्किएको आवाज आएको स्थानियहरुले बताएका छन् । 

३ पटक उक्त आवाज आएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश दत्त अवस्थीले बताए । कस्ले केका लागि पड्कायो भन्ने अहिले सम्म नखुलेको र खोजिकार्य भैरहेको समेत सुचना अधिकारी अवस्थीको भनाई छ । जिल्ला प्रशासन कार्यालय बझाङले असोज १४ गते एक सुचना जारी गर्दै कार्तिक ५ गते सम्म हातहतियार बुझाउन आग्रह गरेको थियो ।

त्यो अवधीमा एक जनाले मात्रै हातहतियार बुझाएका छन् । उक्त आवाज आएको स्थानमा राति निन्तर १,१ मिटरको दुरीमा टर्च लाईट बलेको दृश्य देखिएको आफुलाई जानकारी आएको समेत अधिकारी अवस्थीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै