नेभिगेशन
सुदूरपश्चिम

निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्ता पक्राउ

 बझाङ : बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेका हुन् । 

उनीहरुले मंसिर ४ को निर्वाचनलाई शशक्त ढंगले बहिस्कार गरौं । एमसिसिका मतियारलाई मतदान नगरौं लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए । यसअघि आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम पनि गरिएको थियो । पटक(पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाति सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवले जनाएको छ । 

एमसीसी मतियारहरुलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले आइतबार राँके जुलुस निकालेको बताइएको छ। देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरुलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाको भनाई छ । यता पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको र गृह मन्त्रालयको आदेश अनुसार प्रक्रिया अगाडी बढाइने वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै