नेभिगेशन
सुदूरपश्चिम

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : ओली

बझाङ; पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्। उनले शुक्रबार सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्।
 
ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन। एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन। मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ। त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छुँ।’

कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन्। ओलीले एमालेको देशव्यापी चुनावी अभियान दार्चुलाबाट शुभारम्भ गरेका हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै