नेभिगेशन
सुदूरपश्चिम

नेपाली कांग्रेस बझाङको तर्फबाट प्रदेशसभाका सामानुपातिक उम्मेदवार विसीको उम्मेदवारी रद्ध

बझाङ: निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नामावली अनुसार नेपाली कांग्रेस बझाङको तर्फबाट प्रदेशसभाका सामानुपातिक तर्फका उम्मेदवार साधना विसीको उम्मेदवारी रद्ध भएको छ । उमेर हदका कारण विसीको उम्मेदवारी रद्ध भएको आयोगले जनाएको छ । प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा १४ मा उम्मेदवार हुन आवश्यक योग्यताको व्यवस्था गरेको छ । दफा १४ बमोजिम प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार हुन २५ बर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । 


तर साधनाको उमेर २४ बर्ष मात्र भएको र उमेर नपुेका कारण कारण कायम गरिएको उम्मेदवारी बन्दसूची बाट हटाईएको हो । आयोगले प्रतिनिधि र प्रदेश सभाका ५ सय ५० जनाको नाम बन्दसूचीबाट हटाएको थियो । समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ । 
sadhana bc1666951894.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै