नेभिगेशन
सुदूरपश्चिम

बैतडीको डिलाशैनी गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत पुगेको हो ।

सोमबार लक्ष्मीपूजाका दिन पालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली बालिएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए । उनका उनुसार धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । अब अन्य ठाउँमा लाइन विस्तारको काम अगाडि बढाइने बताइएको छ ।

लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीयहरू उत्साही भएका छन् । गाउँपालिकाले उज्यालो डिलाशैनी बनाउने अभियान अन्तर्गत विद्युत विस्तार कार्यलाई तिव्रता दिएको जनाएको छ । केही समयअघि मात्रै पालिकाको वडा नम्बर ५ मा विद्युत विस्तार गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन वडा नं ५ र गाउँपालिका केन्द्रमा समेत बिजुली पुगिसकेको छ । अब पालिकाका अन्य बस्तीमा पनि विद्युत विस्तार भइरहेको बताइएको छ । पालिकाका विद्युत विस्तार नभएका सबै वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै