नेभिगेशन
सुदूरपश्चिम

बझाङका  ५६ मतदानस्थल अति संवेदनशील, सुरक्षाकर्मी परिचालनका विषयमा छलफल हुन बाँकी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ वटा मतदानस्थल अति संवेदनशील तोकिएको छ । कुल १ सय ३५ मतदानस्थल मध्ये ५६ ओटा मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गिकरण गरिएको छ ।

जिल्लामा जम्मा १ सय ८४ मतदान केन्द्र तोकिएको छ । यस्तै जिल्लामा १ लाख २२ हजार ३ सय ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले बताउनु भएको छ । जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा १ सय ८४ मतदान केन्द्र र १ सय ३३ मतदान स्थल रहेका थिए । आगामी निर्वाचनका लागि जिल्लामा २ वटा मतदानस्थल थप भएका छन् भने ४ वटा मतदानस्थलको स्थानपरिवर्तन भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गौतमले बताउनुभयो । यसैगरी प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउँदै जनशत्ति व्यवस्थापनका लागि तथ्याङ्क माग गरिएको बताउनुभयो ।

निर्वाचन आचारसंहिताको पनि अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालयका सुचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार जिल्लामा निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै १ हजार १ सय ८८ जना म्यादी प्रहरी छनोट गरिएको छ । मतदानस्थलगत रुपमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै