नेभिगेशन
सुदूरपश्चिम

भोपुरमा महिला पुरुष फुटबल प्रतियोगिता सुरु, प्रतियोगीतामा १८ वटा टिमले सहभागीता जनाउँदै

बझाङको जयपुथ्वी नगरपालिका ११ भोपुरमा आजदेखि महिला÷पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयी दशमी र तथा दिपावालीको अवसर पारेर फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।  प्रतियोगीतामा १८ वटा टिमको सहभागीता रहेको र जसमध्ये २ मात्रै महिला टिम सहभागी रहेका आयोजक टिमका शैलेन्द्र हमालले बताउनुभयो । 
असोज २५ गतेबाट सुरु भनिएको प्रतियोगीता अबिरल वर्षाका कारण ३ दिन पछाडिबाट सुरु भएको हो । आज जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सर्जन थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल प्रमुख अतिथि, उपमेयर रतनबहादुर सिंह, नेकपा एमालेका प्रतिनिनिधि सभा सदस्य ऐन महर, सत्यवादी मावि भोपुरका प्रधानाध्यापक रामदत्त उपाध्याय लगायत विशिष्ट अतिथि रहनुभएको थियो ।  
पुरुष प्रतियोगिताको प्रथम विजेताले ४१ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् र महिला प्रतियोगिताको प्रथम विजेताले १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ यस्तो दोस्रो हुनेले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।