नेभिगेशन
सुदूरपश्चिम

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय

बझाङ : आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बझाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज जिल्ला अदालत बझाङमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल प्रसाद गौतमले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ असोज २३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकासन, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते उजुरी माथी जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारकाको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने कार्यक्रम रहेको छ ।  

प्रतिनिधि सभा तर्फ एक र प्रदेश सभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको बझाङमा आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा १ लाख २२ हजार ३ सय ७६ जनाले मतदान गर्ने भएका छन । प्रदेश सभा क मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र बाट ६१ हजार १ सय ६९ जना र प्रदेश सभा ख मा ६१ मतदानस्थल र ९१ मतदान केन्द्र बाट ६१ हजार २ सय ७ मतदाताले मतदान गर्ने छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत नन्द किशोर प्रसाद यादवले बताउनुभयो ।
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै