नेभिगेशन
सुदूरपश्चिम

धनगढीमा हाइलेक्स गाडी दुर्घटना, दुई विद्युतका पोल ढले

 बझाङः धनगढीमा हाइलेक्स गाडी दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका-१ स्थित मुख्यमन्त्री कार्यालय अगाडि बाग्मती प्रदेश ०१ ०२५ च २१६६ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले बताएको हो।

गाडी टायर पड्किएर अनियन्त्रित भई विद्युतका दुई ओटा पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटना हुँदा गाडीको अगाडिको भागमा क्षति भएको बताइएको छ।

चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३५ वर्षीय हितेश ओझालाई भने कुनै चोटपटक नलागेको र गाडीमा उनी मात्र रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार विद्युतका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने केही बेरमै मर्मत कार्य गरिने भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै