नेभिगेशन
सुदूरपश्चिम

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दसैँ तिहारमा यात्रुको सहजताका यात्रु सहायता कक्षा सञ्चालनमा

 बझाङ‌‍: जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दसैँ तिहारमा यात्रुको सहजताका यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । चाडपर्वमा यात्रुलाई विभिन्न समस्या हुनसक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

मङ्गलसेन बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क क्षेत्रभित्र भीडभाड हुने यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र यात्रुको समस्या तत्काल सुनुवाइ गरी समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।

चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन । मङ्गलसेनलगायत जिल्लाको साँफेबगर, चौखुट्टे, विनायक, कमलबजार, जयगढ र बेलखेत गरी सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै