नेभिगेशन
सुदूरपश्चिम

धनगढीमा रहेको नवजिवन अस्पतालले पायो नर्सिङ अध्ययन गराउने अनुमती

 बझाङ:नवजिवन अस्पतालले बिद्यार्थीलाई नर्सिङ अध्ययन अनुमती प्राप्त गरेको छ। अस्पतालले यसै बर्षबाट ४० जना बिद्यार्थीलाई पि.सि.एल नर्सिङ अध्ययन गर्ने अनुमती प्राप्त गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। सिटीइभिटी र राष्ट्रिय चिकित्सा आयोगले उक्त अनुमती दिएको नवजीवन अस्पतालका प्रबन्ध निर्देशक यज्ञराज ढुङगानाले जानकारी दिए । बिद्यार्थीलाई नर्सिङ अध्ययन गर्ने अनुमती प्राप्त पछि दशैँ तिहारपछि पढाइ हुने उनले जानकारी दिए ।

 २०६२ साल फागुन ११ गते १५ शैया अस्पतालको स्वीकृती लिई नवजिवन अस्पताल सुदुरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो।सामाजिक उत्तरदायीत्व अन्तरगत अस्पतालले नेपाल सरकार सँगको सहकार्यमा स्थापना काल देखी नै साना देखी ठुला संख्यामा स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । यस्तै आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको बिरामीको निशुल्क औषधी बितरण, स्वास्थ्य विमा कार्यक्रम समेत संचालन गर्दै आएको छ । २०६८ सालमा स्वास्थ्य सेवा बिभाग काठमाण्डौँबाट ५० शैयाको संचालन स्वीकृती लिई हाल यसै आर्थिक बर्षबाट १०० शैयामा स्तरोउन्नती गरेको अस्पतालको सिइओ चक्र खडायतले जानकारी दिए ।

यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी,छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा बरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ । रंगिन भिडीयो एक्सरे सेवा प्रत्येक दिन लगायत आइसियु एनआइसियु डायलासिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । साथै इमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी दिएको छ।

 कोभिड संक्रमणको बेला श्रोत साधनले भ्याएसम्म माहामारी नियन्त्रण गर्न प्रयास गरेको, अक्सीजन अभाबलाई मध्यनजर राख्दै आफ्नै लगानीमा अस्पताल प्राङगणमा अक्सीजन प्लान्ट स्थापना गरेको र अस्पताल जन्य सेवाका साथै अन्य शैक्षिक कार्यक्रम समेत संचालनमा ल्याएको उनले जानकारी दिए। यस्तै अस्पतालबाटबरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै