नेभिगेशन
सुदूरपश्चिम

नेपाल बैंकर्ष क्लब बझाङले नवराज मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गर्‍यो 

बझाङ : नेपाल बैंकर्ष क्लब बझाङले आफ्नो प्रथम वार्षिक साधारण सभा तथा दशैंतिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकाम चैनपुर बझाङका वित्तिय संस्थामा कार्यरत रही नेपाल बैंकर्ष क्लब बझाङमा आवद्ध व्यक्तिहरुको भेलाले प्रथम वार्षिक साधारण सभा तथा दशैंतिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल बैंकर्ष क्लब बझाङका अध्यक्ष तथा राष्टि?य वाणिज्य बैंक शाखा कार्यालय बझाङका मेनेजर शान्तराज जोशीको अध्यक्षतामा बसेको भेलाले सनराइज बैंक शाखा कार्यालय बझाङ मेनेजर नवराज मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिमा उपाध्यक्ष प्रकाश बोहरा र महादेव अवस्थी चयन भएकाछन् भने सचिवमा हरिचन्द्र रेग्मी चयन भएका छन् ।यस्तै शान्तराज जोशीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति, अनिता कुमारी बुढाको संयोजकत्वमा ३ सदस्यीय आर्थिक समिति गठन पनि गरेको छ ।

नयाँ कार्यसमिति चयनपश्चात उक्त भेलाले बैंकर्स क्लबमा आवद्ध नव आगन्तुक सदस्यलाई स्वागत गरेको छ भने नजिकिदै गरेका नेपालीहरुका महान चाड बिजयादशमी, शुभदिपावली, छठपर्व र नेपाल संम्वदको शुभकामना पनि आदानप्रदान गरिएको नेपाल बैंकर्ष क्लब बझाङका सदस्य नवराज रोकायाले बताउनुभयो ।

नेपाल बैंकर्स क्लब बझाङले जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुमा काम गर्ने कर्मचारीहरुको हकहित, सामाजिक उत्तरदायित्व लगायतका काम गर्ने उदेश्य बोकेको क्लवका नव निर्वाचित अध्यक्ष नवराज मिश्रले बताउनुभयो । साथै बैंकर्स क्लवको आयोजनामा केही दिनमा वित्तिय साक्षरता कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष मिश्रले बताउनुभयो ।  क्लबले यसअघि सदरमुकाम चैनपुरमा सरसफाइ पनि गर्दै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै