नेभिगेशन
सुदूरपश्चिम

बझाङ प्रहरीद्वारा समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

बझाङ : बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक रमेश रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बझाङको आयोजनामा जिल्ला भित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको छ ।

विध्यालयमा विध्यार्थीहरु संग सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना, बालयौन दुव्र्यवहार लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।

कार्यक्रम अन्र्तगत बिहिबार जयपृथ्वी नगरपालिका–४ गोलाईमा रहेको बालविकास माध्यामिक विध्यालयमा उक्त कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै