नेभिगेशन
सुदूरपश्चिम

बझाङमा अझैं पाठ्यपुस्तक पुगेनन्, सदरमुकाम नजिकैका विद्यालयमा पनि छैनन् पाठ्यपुस्तक

बझाङ : बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाई प्रभावित बनेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ४ महिना वितिसक्दा पनि बझाङका सामुदायिक विध्यालयका विध्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थी विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् ।

गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।

जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यामिक विध्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालमा पनि  पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको सत्यवादी माध्यामिक विध्यालयका विद्यार्थी मिलन सिंहले बताउनुभयो ।

अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको धलौन माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत लव कुमार धामीले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दा पठनपाठनमा समस्या भएको सत्यवादी माध्यामिक विध्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताउनुभयो । 

जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले भने आफुले पुस्तक खरिदको लागि चैतको महिना विध्यालयको खातामा रकम हालिसकेको र कतिपय विध्यालयका प्रधानाध्यापकको बजारमा पुस्तक अभावभएकोले खरिदमा ढिलाई भएको उतरदिने गरेको बताउनुभयो । कतिपय विध्यालयले धनगडी, महेन्द्रनगरबाट ल्याएर विध्यार्थीलाई पुस्तक वितरण गरेको भए पनि भदौ सकिनै लाग्दा समेत पुस्तक नपुगेको आफुले जानकारी पाएको समेत संयोजक जोशीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै