नेभिगेशन
सुदूरपश्चिम

करोड बढीको सुन चोरेको आरोपमा धनगढीका लामिछानेसहित थप ३ जना पक्राउ

बझाङ: बुधबार मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परे। नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापतिसमेत रहेका लामिछानेलाई मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ गरिएको थियो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो।


लामिछानेको नाम भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको कैलाली प्रहरीले जानकारी दिएको छ। लामिछानेलाई बिहीबार कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार लामिछानेसँगै भारतबाट सुन तथा गहना चोरी र बिक्रि कार्यमा संलग्न अन्य तीन जनलाई पनि पक्राउ गरिएको छ। धनगढीकै थप तीन जनालाई पनि आज पक्राउ गरेर सोधपुछ भैरहेको बताइएको छ। यस्तै थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको हो। यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत खटिएको थियो। प्रहरी स्रोतकाअनुसार विगत डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा प्रहरी टिमहरु सक्रिय थिए। विशेष अनुसन्धान ब्युरोको टोली पनि केही समय अघि कैलाली पुगेर फर्किएको थियो। प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ। तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरिएको छ।


धनगढीका लामिछानेमाथि ठगीको कसुरमा पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो। लामिछानेको धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै