नेभिगेशन
सुदूरपश्चिम

चैनपुर-सुर्मा सडक अवरुद्ध भएको ९ दिन बित्यो, बुधबारबाट सडक खुलाउन पहल गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई

सदरमुकाम चैनपुर-सुर्मा गाउँपालिका जोड्ने सडक ९ दिनदेखि अवरुद्ध छ । सडक सुर्मा गाउँपालिकाको सुँगुरीपाल्त भन्ने स्थानमा अवरुद्ध भएको हो ।

सुर्मा गाउँपालिकाको आफ्नै जेसिबी भए पनि थन्काइएको छ । सडक अवरुद्ध हुँदा सुर्मावासीले सदरमुकाम चैनपुरमा एक दिन पुरै पैदल हिड्नु परेको स्थानीय तथा होटेल व्यवसायी चक्र बोहराले बताए । उनका अनुसार गाउँपालिका अध्यक्ष खडक बोहरा र जिल्ला समन्वय समिति प्रमुख नरबहादुर गाउँपालिकाको बैठकमा जाँदा र सदरमुकाम चैनपुर आउँदा पैदल हिड्न बाध्य भएका थिए ।

सडक अवरुद्ध हुँदा जनतालाई शास्ती भएको थाहा भए पनि पालिकाले आफ्नै जेसिबी हुँदा पनि सडक खुलाउन नसकेको बोहराको गुनासो छ । यसबारे गाउँपालिका अध्यक्ष खडक बोहराले स्थानीयको अवरोधका कारण सडक खुलाउन नसकिएको बताएका छन् ।

उनका अनुसार सडकको माटो तथा ढुंगा स्थानीयको जमिन पर्ने हुँदा पन्छाउन नदिएको र मंगलबार स्थानीय र गाउँपालिकाबीच सहमति भएको हुँदा बुधबारबाट सडक सूचारु हुनेछ । नजिकिरहेको सुर्मादेवी तथा बिरिजात मेलाका कारण पनि स्थानीयहरु सडक खुलाउन सहमत भएको अध्यक्ष बाेहराले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै