नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिका उपाध्यक्ष धामीले गरिन् पहिरो पिडितको घरमा एक हप्ताभित्र राहत पुर्‍याउने प्रतिबद्धता 

पहिरोले घरमा क्षति पुर्‍याउँदा विस्थापित बनेका केदारस्युँ गाउँपालिका ७ का  सिंगो धामीको परिवारलाई केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिशा धामीसहितको टोलीले अनुगमन गरेको छ ।  गाउँपालिका उपाध्यक्ष मनिशा धामीसहित वडा न ४ का वडा अध्यक्ष चन्द्रबहादुर धामी, एकीकृत समाजवादी जिल्ला अध्यक्ष ईन्द्रबहादुर भण्डारीसहितको टोलीले सो क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै अवस्थाबारे अध्ययन गरेको हो । 

पीडित परिवारसँग भेटघाट गरेर उनीहरु अवस्थाबारे जानकारी लिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । टोलीले पहिरो कारण त्यहाँ भएको असरबारे अध्ययन तथा जनताका समस्याबारे जानकारी लिएको हो । बाढी पहिरोका कारण विस्थापित बनेको परिवार कहाँ पुगेर उपाध्यक्ष धामीले एक हप्ताभित्र राहत उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ । 

साउन ३ गते मंगलबार आएको अविरल बर्षाका कारण सिङ्गो धामीको घरमा पहिरोले क्षति पुर्‍याएको थियो । पहिरो पिडित धामीका अनुसार आफू राती सुतिरहेका बेला घरको माथिबाट पहिरो आएको र बल्लतल्ल ज्यान बचाउन सफल भएका हुन् । पहिरोमा परेर घरमा रहेको सर-सामान सहित ११ लाख बराबरको क्षति भएको पिडित धामीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै