नेभिगेशन
सुदूरपश्चिम

१८ परिवार सदस्य गुमाएका थलारा ४ डिख्लाका पहिरो पिडित कलक शार्की ४ वर्षीया छोरीसँग संघर्षको जीवन बिताउँदै

गत कार्तिक पहिलो साता आएको पहिरोसँगै थलारा ४ डिख्लाका कलक शार्कीका जीवनसंगीनीसहित १८ जना परिवार सदस्य सदाका लागि उनलाई छोडेर विदा भए । त्यसयताका दिनहरुमा कलक शार्की र उनका ४ वर्षीया छोरी मात्रै संघर्षको जीवन बिताइरहेका छन् । अझैं पनि पानी पर्नासाथ कलक झस्किने गरेका छन् ।

अहिले कलकको बगेको घरभन्दा माथि गाउँमा एक खरले छाएको छानो बसोबास छ । विभिन्न संघसंस्था र व्यक्तिबाट राहत स्वरुप उठेको रकमले अहिले दुई बुबाछोरी छाक टारिरहेका छन् ।

उनलाई पहिले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण लगायत हेलिकप्टरबाट बझाङका बाढी पहिरो पिडितको समस्या बुझ्न आए र आफ्नाे समस्या समाधान हुन्छ लागेको थियो । हेलिकप्टर निरिक्षणपछि सरकार एकाएक हराएको र नजिकै रहेको स्थानीय सरकार पनि मौन रहेको देख्दा उनलाई सरकारप्रति वितृष्णा जाग्यो । 

अर्का पाँच परिवार गुमाएका नरे पार्की गाउँ नै छोडेर भारतमा बसाईँ सरि सकेका छन् । सरकारले बाढी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो कार्यक्रम लागु नभइ सकिदा बझाङबासीले त्यसको फाइदा लिन सकेनन् भने बगेका र भत्केका संरचना पनि पुननिर्माण हुन सकेनन् । 

आफूहरुलाई दुख परेको बेला पनि सरकार रमिते बन्दा बझाङका बाढी पहिरो पिडितहरु तीनै तहका सरकारप्रति विश्वस्त नभएको खप्तडछान्ना ७ डाँडाबाडाका रमेश आग्री बताउनुहुन्छ । अहिले पनि खप्तडछान्नाका विभिन्न ठाउँमा बाढी पहिरोको त्रास भए पनि आफ्ना समस्या कोसँग राख्ने भन्नेमा आफूहरु अलमलमा परेको उहाँको भनाई छ ।

खप्तडछान्नाका धेरै जोखिम स्थानमा रहेका बस्ति सुरक्षित ठाउँमा सारिने निवर्तमान गाउँपालिका अध्यक्ष बर्क रोकायाले प्रतिवद्धता जनाउनुभएको थियो तर पनि उहाँले विस्तारै आफ्ना प्रतिवद्धता बिर्सेर बाहिरिनुभएको खप्तडछान्ना ३ का सुर्जन रावलले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै