नेभिगेशन
सुदूरपश्चिम

जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध, कुर्मली खोलामा जोखीम मोलेर जंघार तर्दै स्थानीय

बझाङ : जयपृथ्वी नगरपालिकाको ३ र ४ पुगर क्षेत्र जोड्ने जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा पुगरमा स्थायी बसोबास गरिरहेका बासिन्दा र पडेश, गोलाई र सिमोल्तोलाका लेकबेसी गर्नेहरुलाई निकै असहज भएको छ । सडक खण्डको फुटापड, बाटेगडा, सिमोल्तोला र कुर्मुली खोलामा सडक माथिबाट पहिरो खसेको छ । 

यसका साथै कुर्मली खोलामा निर्माणाधिन झोलुङ्गे समयमै नबन्दा त्यस तर्फका बासिन्दालाई झन् असहज भएको जयपृथ्वी नगरपालिका ३ सिमोल्तोलाका किशोर विष्टले बताउनुभयो । 

उहाँका अनुसार पानी परेको दिन कुर्मुली खोलामा जंघार तर्न निकै असहज हुने गरेको छ । ससाना स्कुले बालबालिका, दुखी, विरामी र महिलाहरुलाई खोला तर्न निकै सास्ती हुने गरेको अर्का स्थानीय मानबहादुर ओलीले बताउनुभयो । तर यता जयपृथ्वी नगरपालिका ३ का वडाध्यक्ष गंगबहादुर खड्काले भने एकहप्ताभित्रै निर्माणाधिन झोलुंगे पुल बनिसक्ने दाबी गर्नुभएको छ ।

उहाँका अनुसार झोलुंगे पुलका लठ्ठा बनाउने काम सकिएको र छिट्टै पुलमा हिड्ने वातावरण सिर्जना हुनेछ । साथै सडक पनि चाँडै सफा गरिने पनि वडाध्यक्ष खड्काको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै