नेभिगेशन
सुदूरपश्चिम

बैतडीको बेरुजु सवा ४८ करोड

बझाङ : बैतडीका स्थानीय तहमा ४८ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा आर्थिक वर्ष  २०७७/७८ मा ४८ करोड २४ लाख ८० हजार बेरुजु रकम देखिएको हो। आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी गाउँपालिकामा देखिएको हो। उक्त पालिकामा १० करोड २४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै पुर्चौडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ। जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४२ हजार बेरुजु देखिएको छ भने सुर्नया गाउँपालिकामा ६ करोड ३० लाख ३० हजार बेरुजु देखिएको छ। पञ्चेश्वर गाउँपालिकामा ४ करोड ७३ लाख ३८ हजार बेरुजु देखिएको छ भने मेलौली नगरपालिकामा ३ करोड ६५ लाख ३८ हजार बेरुजु देखिएको छ। यसैगरी जिल्लाको दशरथचन्द नगरपालिकामा २ करोड २९ लाख ३६ हजार, शिवनाथ गाउँपालिकामा २ करोड ४ लाख ३१ हजार र पाटन नगरपालिकामा १ करोड ७१ लाख ८७ हजार बेरुजु देखिएको छ। दोगडाकेदार गाउँपालिकामा १ करोड २२ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै