नेभिगेशन
सुदूरपश्चिम

घोडाघोडीका ३० जना किसानलाई व्यवसायी बनाउन तालिम

बझाङ: कैलालीमा दुइदिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ। घोडाघोडी नगरपालिका, युएनडिपी र सेवक नेपालको संयुक्त साँझेदारीमा घोडाघोडीका ३० जना किसानलाई व्यवसायी बनाउने उद्देश्यका साथ तालिम दिइएको हो । आइतबार सम्पन्न तालिममा घोडाघोडी नगरपालिका कृषी शाखाका प्रमुख जनकबहादुर धामी, गणेश शाही र रोजगारशाखाका रोहीत जोशी प्रशिक्षक रहेका थिए। दुइदिने तालिममा सहभागी किसानलाई बेमौसमी तरकारी खेतीका प्रकार, उत्पादन र रोग नियन्त्रण र बजारीकरण लगायतका विषयमा जानकारी गराइएको थियो। अधिकांश महिला सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा सेवक नेपालका अध्यक्ष पवन भण्डारीले महिलालाई व्यवसायी बनाउन तालिमले सहयोग पुगाउने विश्वास व्यक्त गरे। उनले तालिमसंगै व्यवसायी बेमौसमी तरकारी खेती गर्ने किसानलाई प्राविधिक  लगायत अन्य कृषी औजारमा सहयोग गर्ने बताए। उनले यस कार्यक्रममा महिला किसानलाई व्यवसायमा जोड दिएको जनाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै