नेभिगेशन
सुदूरपश्चिम

भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास

डोटी : ११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको आशंका गर्दै गाउँलेले शव उठाउन सुरक्षाकर्मीको सहयोग खोजेका छन् ।

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार भारतमा रहेका ती युवकका दाजुको गत शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर फर्केको मल्ल बताउँछन् । ती युवकको बुधबार दाहसंस्कार गर्ने तयारी छ ।

दाजुको भारतमा कोरोनाकै कारण मृत्यु हुनु र दाजुसंगै भएका भाइ घर आएर मृत्यु हुनुले कोरोनाको आशंका स्थानीयले गरेका छन् । ‘एकातिर शोकमा डुबेको परिवारका सदस्यहरुलाई सम्झाउनुछ’ एक स्थानीयले भने ‘अर्कोतिर शव व्यवस्थापनको समस्या छ ।’

पछिल्लो समय मृत्युपछि स्वाब परीक्षण नगर्ने मन्त्रालयको निर्देशन रहेकोले स्वाब परीक्षण नहुने स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख तेजबिक्रम शाहीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै