नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा विद्यालयको छतमा सुतेका धामी मृत फेला

बझाङ: बुधबार कञ्चनपुरको एक विद्यालयमा युवकको शव फेला परेका थिए। भीमदत्त नगरपालिका– ६ एैठपुरमा रहेको गोल्डेन बिज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्। उनीसहित अर्का एक युवकलाई छतमा बेहोस अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दासम्म अर्का युवक बेहोस अवस्थामा भेटिएका थिए भने प्रेमसिंह मृत अवस्थामा फेला परेका थिए। 

प्रहरीले धामीको शव पोष्टमार्टका लागि महाकाली अस्पतालमा पठाएको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी दुवैले बियर र लागूऔषध सेवन गरेर छतमा गएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताए । धामीको शव पोष्टमार्टमपश्चात आफन्तलाई बुझाइएको उनले बताए। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे थप खुल्ने प्रहरीले बताएको छ। प्रहरी नायब निरीक्षक बमले धामीसँगै रहेका अर्का युवकलाई सोधपुछ गरिएको बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै