नेभिगेशन
सुदूरपश्चिम

बझाङमा करेन्ट लागेर घाइते भएका कामदारको बाटोमै मृत्यु

बझाङ : बझाङमा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । 

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे करेन्ट लागेर गम्भिर घाइते बनेका काठमाडौं टोखा नगरपालिकाका–४० वर्षीय सुमनविक्रम शाह बैतडीबाट हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज लैजादै गर्दा बाटोमै दिउँसो ३ बजे मृत्यु भएको हो ।  

शाह बझाङको चिरवित्थड गाउँपालिका धरान बजारमा नेपाल टेलिकमको फोरजी सेवाका लागि फाइबर विस्तारका क्रममा करेन्ट लागेर शाह गम्भीर घाइते भएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

 बिहान १० बजे गम्भीर घाइते भएका शाहलाई बझाङबाट स्कोर्पियोमार्फत खोडपे पु¥याइएको थियो । नेपाल टेलिकमको समन्वयमा गम्भीर घाइते भएका शाहलाई माउन्टेन हेलीको हेलिकप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै