नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित ६ जना घाइते 

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । सुर्मा गा.पा.-२ रातोपड भन्ने स्थानबाट सडकमा काम गरी घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना हुँदा यात्रु २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो भने चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् ।

 ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

घाइतेहरु सुर्मा - २ का खडक बोहरा, कबिराज बोहरा, कलक बोहरा, जयराज बोहरा र बिमल बोहराको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै