नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा पनि ठूलो वर्षाको सम्भावना

बझाङ : आज दिउँसो पनि सुदूरपश्चिम लगायतका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। 

वाग्मती, गण्डकी, प्रदेश–१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए। 
उनका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। तर, दिउँसो फेरि पानी पर्ने मौसमविद्ले बताएका छन्। 

देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। 

बेलुकीपख भने ठूलो पानी नपर्ने उनले बताए। मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर अर्थात नेपालको दक्षिणी क्षेत्र नजिक रहेकाले लगातारजसो पानी परिरहेको मौसमविद्ले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै