नेभिगेशन
सुदूरपश्चिम

सम्पति विवरण नबुझाउने जयपृथ्वी नगरपालिकाका ४९ जना कारबाहीमा

बझाङ : गत आर्थिक बर्षमा सम्पति विवरण नुझाउने जयपृथ्वी नगरपालिकाका सार्वजनिक पदधारण गरेका ४९ जना कारवाहिमा परेका छन । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय टंगाल काठमाडौले नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, बालविकास सहकर्ता र कार्यालय सहयोगि गरि ४९ जनालाई ५ हजार जरिवाना सहित ३५ दिनभित्र सम्पति विवरण बुझाउन परिपत्र गरेको छ । 

सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीहरुले हरेक बर्ष आफ्नो सम्पति विवरण बुझाउनु पर्ने हुन्छ । नगरपालिका भित्रका ५ जना जनप्रतिनिधि, ३९ जना शिक्षक,  ३ जना सहयोगि कार्यकर्ता र २ जना कार्यालय सहयोगिले जरिवाना तिर्नुपर्ने भएको छ । 

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सर्तकता केन्द्र बाट सम्पति विवरण अनुगमन प्रतिवेदन २०७७÷०७८ प्राप्त भई आयोगको बैठकमा पेश भएको र नगरपालिकाका ४९ जनाले आफ्नो सम्पति विवरण नबुझाएको हुँदा  सम्पति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा २ बमोजिम जनही ५ हजार जरिवाना गरि तत्कालै सम्पति विवरण पेश गर्न गराउन हुन भनि जयपृथ्वी नगरपालिकालाई परिपत्र गरेको छ ।
karbahi 21656513054.jpg

karbahi 11656513028.jpg

karbahi 31656513030.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै