नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा एक ट्रकमा आगजनी

धनगढी: आइतबार कैलालीमा एक ट्रकमा आगजनी भएको छ। प्रहरीका अनुसार राति साढे ११ बजेको समयमा लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली पुलमा ना ७ ख ६३२५ नम्बरको ट्रकमा आगजनी भएको हो।

चालक चुरे गाउँपालिका-३ सुनारीका ३५ वर्षीय रमेश शाह आफैले पुलको बिच भागमा ट्रकलाई तेर्सो बनाई टायरमा पेट्रोलजन्य पदार्थ प्रयोग गरी आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगो तत्कालै नियन्त्रणमा लिइएको र टायरहरुमा क्षति पुगेको बताइएको छ। 

चालकलाई ट्रकमा आगो लगाई सोही पुलमुनी लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लम्की पठाइएको उनले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै