नेभिगेशन
सुदूरपश्चिम

तल्कोट गाँउपालिकाको रोजगार सेवा केन्द्रमा कार्यरत एक कर्मचारी माथी सांघातिक हमला

बझाङ: तल्कोट गाँउपालिकाको रोजगार सेवा केन्द्रमा कार्यरत एक कर्मचारी माथी स्थानिय व्यक्तिको समुहले सांघातिक हमला गरेका छन । केन्द्रमा कार्यरत प्राविधिक सहायक गणेश नारायण नेपालीलाई आज विहान सात बजे डेरामा बसीरहेको बेला स्थानिय व्यक्तिहरुको समुहले जातिय रुपमा अपहेलित हुनेखालका शब्दहरुको प्रयोग गर्दै सांघातिक हमाला गरेका हुन ।

साथै सोहि समुहले वरपर डेरा गरि बसिरहेका पालिकाका अन्य कर्मचारीहरुमाथी पनि दुव्र्यवहार गरि ज्यानै लिने धम्की दिएका छन ।  गाँउपालिकाले आज एक विज्ञप्ती निकाल्दै घटना प्रति गम्भीर ध्इानाकर्ष भएको जनाएको छ । कर्मचारीहरुले कुनै कमजोरी गरेको भए कानुनी उपचारको बाटो अपनाउनुको साटो जातीए रुपले अपहेलित गर्ने प्रकारका शब्द प्रयोग गरि कर्मचारी माथी भएको सांघातिक हमला र दुव्र्यवहारको सत्यतथ्य छानविन गरि घटनाका दोषीलाई कानुनी दायमा ल्याउन निमित्त प्रमुख प्रसासकिय अधिकृत सिद्धराज भण्डारी द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै