नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा अटो पल्टिँदा तीन जना घाइते

बझाङ: कैलालीमा अटो पल्टिँदा तीन जना घाइते भएका छन्। गोदावरी नगरपालिका-५ गेटा वन कार्यालय नजिक धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ५०४५ नम्बरको अटो सोमबार बिहान पल्टिएको प्रहरीले बताएको छ। अटो आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ। अटो पल्टिँदा चालक गोदावरी-५ बस्ने २८ वर्षीय तिलक पन्त, अटोमा सवार कञ्चनपुको कृष्णपुर नगरपालिका-९ की ३० वर्षीया दुर्गेश्वरी ऐडी र सोही ठाउँकी ३२ वर्षीया उजेलादेवी मण्डेल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते तीनै जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको र अवस्था सामान्य रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। अटो प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै