नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी राजमार्ग पुनर्निर्माणमा शकस: वर्षायाममा बझाङवासीलाई समिट एअरको आश, समिट एअरलाई मौसमको त्रास 

बझाङ : गत कार्त्तिकमा सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको जालेबगरमा सड बगाएपछि बैकल्पिक मार्गबाट यातायात सूचारु भएको छ । छबिसपाथिभेरा गाँपालिका वडा नं १ को जालेबगरमा अहिले सडक पुनर्निर्माणको काम भइरहेको छ । वर्षायाम सुरु हुन लाग्दा सेती नदीमा पानीको बहाव बढेको र वैकल्पिक सडक पनि बगाउने सम्भावना भएपछि यातायात सेवा अवरुद्ध हुने देखिएको छ ।

पुनर्निर्माणको काम सरु भय पनि वर्षायाम अगावै निर्माण कार्य सम्पन्न नहुने भएको छ । राजमार्गको एका तिरको खण्डमा बलास्टिङ गरेर नयाँ ट्रयाक खोल्नु पर्ने भएकाले समय लाग्ने निर्माण कम्पनी ड्रागन, जगदम्बा, सुर्मा सरोवर जेभीका सञ्चालक शेरबहादुर बोहराले बताए ।

ट्रयाक खोल्नका लागि चट्टान विस्फोटनको कार्य थालिएको छ । झण्डै ४ सय मिटर बढी कडा चट्टान बिफोष्ट गरि नयाँ ट्रयाक खोल्नु पर्ने भएकाले बर्षायाम अगावै सडक सुचारु हुने अवस्था छैन ।  सेती नदीमा पानीको वहाव बढेसँगै पानीको सतह बैकल्पिक मार्गसम्म पुगेको छ । दुईचार दिन लगातार पानी परे बैकल्पिक मार्ग बगाएर यातायात अवरुद्ध हुने देखिएको स्थानीय नरेन्द्र उपाध्यायले बताए । राजमार्ग अवरुद्ध भयपछि दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि हुनुका साथै आवतजावतमा समस्या हुने भन्दै बझाङबासी चिन्तित भएका छन् । 

करिब ३ महिनादेखि अबरुद्ध हवाई सेवा अबदेखि नियमित हुने भएको छ । हप्तामा तीन दिन बझाङ धनगडी बझाङ सेवा दिदै आएको समिट एअरलाईन्सले मौसम अनुकूल भए हप्तामा ३ दिन मंगलबार, बिहिबार र शनिबार नियमित उडान हुने र त्यसपछिका दिनमा दिनहुँ पनि उडान गर्न सकिने समिट एअर, धनगढी-बझाङ- धनगढी हवाईसेवाका प्रबन्धक किशोर खड्काले जानकारी दिए । 

वर्षायाममा बझाङबासीलाई समिट एअरको आश छ भने समिट एअरलाई मौसमको त्रास छ । वर्षातको समयमा सडक यात्रा निकै जोखिमपूर्ण हुने हुँदा हवाईसेवा नियमित गरिनु बझाङबासीका लागि निकै सहज हुने  र राहत मिल्ने स्थानीयको धारणा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै