नेभिगेशन
सुदूरपश्चिम

बझाङमा श्वासफेर्न गाह्रो भएपछि सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार

बझाङ : बझाङको छविसपाथिभेरा गाँउपालिका– २ मुग्लाकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रक्तश्रावसहित सुत्केरी भएपछि पाठेघर नखुम्चेपछि सुत्केरी भएर छटपटाइरहेकी २७ वर्षीया गंगा ऐडी कडायतलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित कार्यालय प्रमुख डा.मिलन खड्काले बताए ।

मंगलबार राति जिल्ला अस्पताल सिमखेतमै बच्चा जन्माएकी ऐडि कडायतको रक्तस्राव भई पाठेघर नखुम्चिएपछि र श्वासफेर्न गाह्रो भएपछि रेफर गरिएको खड्काले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै