नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिकाका पहिरो पिडितहरुलाई राहात वितरण

बझाङ – बझाङको थलारा थलारा गाउँपालिका वडा – ४ का वाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ । ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेलको पहलमा संकलन गरिएको रु.३ लाख ५० हजारको नगद राहात पिडितलाई वितरण गरेको राष्ट्रिय नाट्य तथा संगित प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं बरिष्ट डेउडा गायक नरेन्द्रराज रेग्मीले बताए । इन्द्रेणी कार्यक्रम मार्फत उक्त रकम संकलन भएको र समय अभावका कारण राहात बितरणमा ढीलाइ भएको गाएक रेग्मीको भनाइ रहेको छ ।
थलारा गाँपालिका अध्यक्ष प्रकास रोकायाको रोहवरमा पहिरोमा परि एकै घरका १८ जना परिवार संख्या गुमाउने कलक सार्कीलाई रु.१ लाख,५ जना सदस्य गुमाउने नरे पार्कीलाई रु. ५० हजार नगद राहात वितरण गरिएको हो । त्यस्तै बाढी र पहिरोले घर बगाएका गम्भिरे डिख्ली गोविन्द डिख्ली लोकेश विष्ट लबु विष्ट जगदिश रावल सुना रावल र दान बहादुर बिष्टलाई २५÷२५ हजार नगद राहात वितरण गरिएको छ । 
बझाङ जिल्ला भरिका बाढी पिडितकालागि राहात संकलन भएको भएपनि बढी क्षति भएको क्षेत्रमा उक्त राहात वितरण गरिएको हो । खप्तड छान्ना गाउँ पालिकामा पनि क्षति भएकाले रु. २ लाख त्यस क्षेत्रका वाढी पहिरो पिडितलाइ वितरण गरिने गायक रेग्मीको  भनाइ छ । 

गत असोज ३१ देखि कार्तिक ३ गते सम्म आएको बेमौसमी वर्षाका कारण गएको पहिरोमा परि थलारा गाउँपालिका वडा नम्वर ४ का २३ जनाले ज्यान गुमाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै