नेभिगेशन
सुदूरपश्चिम

बझाङमा वायु प्रदूषणले बिरामी बढे

बझाङ : आकाशमा धूलोजन्य तुवाँलो बाक्लिदै गएपछि चैत दोस्रो सातादेखि बझाङमा राम्रोसँग घाम लागेको छैन। बाक्लो धूलो र तुवाँलोका कारण स्थानीयमा श्वासप्रश्वासलगायत विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ। भिजिविलिटी कम हुँदै गएका कारण हवाई यातायात पनि बन्द भएको छ।

‘यत्रो उमेर भयो, यति बाक्लो तुँवालो लागेको कहिल्यै देखिनँ’ जयपृथ्वी नगरपालिका– १, कैलासका ७८ वर्षीय भिकु खड्काले भने, ‘दिउँसै रात परेजस्तो हुन थालेको छ। यसरी तुवाँलो लाग्छ होला भनेर मैले त सोचेको पनि थिइनँ।’ उनले २०५४/०५५ सालतिर ठूलो खडेरी पर्दा आकाशमा बाक्लो तुवाँलो लागेको सम्झना भए पनि अहिलेको अवस्थाको जस्तो नभएको बताए। ‘त्यतिबेला बिहानतिर तुवाँलोले घाम मधुरो देखिए पनि दिउँसो झलमल्ल भैहाल्थ्यो। अहिले त हड (शरीरमा) घाम नलागेकै दुई हप्ताभन्दा बढी भैसक्यो’ उनले भने ‘राति झ्याल–ढोका लगाएर सुत्यो भने सास फेर्न सकिँदैन। झ्याल–ढोका बन्द नगरे भने कोठा धूलैधूलो भरिन्छ।’

बाक्लो तुवाँलोका कणहरू घरका कोठाभित्र पनि पस्ने भएकाले पानी र खानेकुराको भाँडामा पनि धूलो जम्ने गरेको र घरभित्र राखिएका लत्ताकपडा र सामानहरूमा पनि धूलो जम्न थालेको छ। ‘पानी र खानेकुरा छोप्न बिर्सियो भने एकै छिनमा एक तह धूलो जमिसकेको हुन्छ। झ्याल–ढोका राम्रोसँग बन्द नगर्दा कोठाभरि धूलैधूलो हुन्छ। यस्तो त कहिले देखेकी थिइनँ’ जयपृथ्वी नगरपालिकाकी लक्ष्मी खड्काले भनिन्।

स्वस्थ मानिसलाई राति सुत्दा पनि उकुसमुकस भएर सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, आँखा, नाक र घाँटी पोल्ने, खर्खराउनेजस्ता समस्या भैरहेको स्थानीयले बताउन थालेका छन्। तुवाँलोले बाक्लिँदै जान थालेपछि विभिन्न समस्या लिएर स्वास्थ संस्थामा पुग्नेहरूको भीड पनि बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। ‘अहिले श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउनेको संख्या पहिलाको भन्दा दोब्बर छ,’ कैलास स्वास्थ्य चौकीका इन्चार्ज कमलराज जोशीले भने ‘बालबालिका र बृद्धबृद्धाहरूलाई त झन बढी जोखिम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै