नेभिगेशन
सुदूरपश्चिम

भारतीय सरकारी निकाय राष्ट्रिय जलविद्युत निगम (एनएचपिसी) का अध्यक्ष सिंहसहितको टोली नेपालमा

 भारतीय सरकारी निकाय राष्ट्रिय जलविद्युत निगम (एनएचपिसी) का अध्यक्ष अभयकुमार सिंहसहितको टोली नेपाल पुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेतीको स्थलगत भ्रमणका लागि आग्रह गरेका थिए।

सोही आग्रहबमोजिम एनएचपिसीका अध्यक्ष सिंहसहितको टोली काठमाडौँ आइपुगेको हो। यद्यपि मोदीको लुम्बिनी भ्रमणभन्दा चार दिनअगाडि नै एनएचपिसीले नेपाल सरकारलाई एक पत्र लेखी स्थलगत अवलोकनका लागि अनुमति मागेको थियो। एक अर्बभन्दा बढी डलर लागतको पश्चिम सेती परियोजना ७ सय मेगावाटको छ। यसअघि अष्ट्रेलियाको स्नोई माउन्टेनले पश्चिमसेतीको जिम्मा पाएपनि पछि चीनको थ्री गोर्जेजलाई अनुमति प्रक्रिया अगाडि बढाइएको हो। यद्यपि केही साताअघिमात्र भारतीय पक्षले पश्चिम सेती परियोजना अगाडि बढाउने तयारी सुरु भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै