नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा काँग्रेसको बिजयी भोजमा जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा १७ जना घाइते

धनगढी: कञ्चनपुरमा काँग्रेसको विजयी भोजमा जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएको छ। जिल्लाको पुनर्वास नगरपालिका-५ 'ग' गाउँमा विजयी भोजमा जाँदै गरेको से२त २१९१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। उनीहरुलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको बताइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र अन्य ८ जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ। ट्र्याक्टर चालक पुनर्वास-५ कै ३० वर्षीय लक्ष्मण पूजारा पनि उपचारमै रहेको प्रहरीले बताएको छ। 

यस्तै, मंगलबार पुनर्वासका नवनिर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा घाईतेहरुको अवस्था बुझ्न अस्पताल आएका थिए। उनले घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन अस्पताललाई अनुरोध गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै