नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा दास हत्या प्रकरणः १० जना संलग्न, फरारको खोजीमा प्रहरी

२५ वर्षीय अर्जुन दासको हत्यामा दश जनाको संलग्नता रहेको खुलेको छ।

बझाङ; कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्यामा दश जनाको संलग्नता रहेको खुलेको छ। हत्यामा १० जनाको संलग्नता रहेको खुलेको अपराध महाशाखाले जनाएको छ । यस्तै महाशाखाले हत्या आरोपमा चारजनालाई पक्राउ गरिसकेको बताएको छ। पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन्। हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो। बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुले हत्या गरेको स्वीकारेका छन् । जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव टाउको छिनालेर रुखमा बाँधेको अवस्थामा गत पुसमा अमरावती सामुदायिक वनमा भेटिएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै