नेभिगेशन
सुदूरपश्चिम

एमालेको चुनावी सभामा आएका एक किशोरको बाहुली खोलामा डुबेर मृत्यु

बझाङ : नेकपा एमालेको चुनावी सभामा आएका एक किशोरको बाहुली खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हनेमा बित्थडचिर गाउँपालिका ४ देउलेखका करिब १७ वर्षीय कमल बोहरा रहेका छन् । सोमबार नेकपा एमालेले सदरमुकाम चैनपुरस्थित बाहुली खोला किनारमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन देउलेखबाट आएका बोहरा बाहुली खोलामा तर्न नसकी खोलामा डुबेका थिए ।  पानी डुबेका उनीसँग अरु कोही नहुँदा उनको उद्धार हुन नसकी मृत्यु भएको हो । 
सोमबार (आज) दिउँसो करिब ४ बजे बोहराको घटनास्थलमै मृत्यु भएको हो । मृतक बोहोरालाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत लगिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।  

एमालेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले नेता भानुभक्त ढकाल बझाङ आउने कार्यक्रम तय भएपछि एमालेले जिल्लाभरबाट र्‍यालीसहित मतदाता प्रदर्शन गरेको थियो । त्यही भीडमा बित्थडचिरबाट आएका बोहरा केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला खोलमा डुबेका थिए । कार्यक्रम भइरहेका बेला मृत्यु भएका किशोरलाई नभेटि अध्यक्ष ओली काठमाडौं फर्किएपछि बिरोध भइरहेको छ । 

मृतक बोहरा वित्थडचिरको देवेश्वरी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हर्क धामीले बताए ।

पार्टीको कार्यक्रममा जनमास देखाउन बालबालिका समेत प्रयोग नगर्न हुने कार्यक्रममा सहभागी तल्कोटका देव रोकायाले बताए ।

बालबालिकासम्बन्धी ऐनमा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको भए पनि नेपालका राजनीतिक दलले भने खुलेयाम बालबालिको दुरुपयोग गरिरहेको पाइन्छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै