नेभिगेशन
सुदूरपश्चिम

अछाममा म्यादीका लागि एमालेले सिफारिस गरेको पत्र भाइरल, जिल्ला अध्यक्ष के भन्छन् ?

अछाममा नेकपा एमालेले म्यादी प्रहरीमा निकटका मान्छे सिफारिस गरेको पत्र भाइरल बनेकाे छ।

बझाङ : अछाममा नेकपा एमालेले म्यादी प्रहरीमा निकटका मान्छे सिफारिस गरेको पत्र भाइरल बनेकाे छ। एमालेको जिल्ला कमिटीले म्यादी प्रहरीमा छनोट गर्न भन्दै सिफारिस गरेका पत्र सामाजिक सञ्जालमा बाहिरिएको हो । एमाले जिल्ला कमिटीले ३० जनाको नामसहित सिफारिस गरिएको उक्त पत्रमा उल्लेख छ। म्यादीमा सिफारिस गरिएको पत्र आएपछि अछाम एमालेको आलोचना भइरहेको छ । यस विषयमा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले उक्त पत्र गलत भएको बताए। उनले भने, ‘यो हाम्रो पार्टीलाई बदनाम गर्ने हतास मानसिकता हो। हाम्रो पार्टीले कुनै सिफारिस गरेको छैन। इडिट गरेर एमालेलाइ बदनाम गराउन खोजिएको हो।’ यस्तै उनले यसबारे अनुसन्धान गरिरहेको भन्दै उक्त कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै