नेभिगेशन
सुदूरपश्चिम

बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने

बझाङ : बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन बिकासका लागि सुनिकोटदेखि पानकोटसम्म परिक्षण गरिने भएको हो । 

चैत १८ गते सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा परिक्षण गरिने एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चर प्रालिका प्रबन्ध निर्देशक किशोर खड्काले बताउनुभयो । १८ गते परिक्षण सफल भए चैत १९ गतेदेखि १ हप्तासम्म सेती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिने खड्काको भनाई छ । टिकट र समय परिक्षणपछि मात्रै तय गर्ने र पहिले एउटा मात्रै र्‍याफ्टिङ ल्याउने पछि आवश्यकताका आधारमा र्‍याफ्टिङ् थपिने खड्काले बताउनुभयो ।

प्रबन्धक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटन बिकासका आधारहरु तय गर्न उक्त कार्य गर्न लागिएको हो । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको बझाङ जिल्ला प्रबद्र्धनका लागि सरोकारवाला सबैसँग सहकार्य गरिने उहाँको भनाइ छ ।

खड्काले बझाङ आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्य रहेको बताउनुभएको छ । यस क्षेत्रको प्रचार प्रसारका लागि पर्यटकिय क्रियाकलापहरु गर्न जरुरी रहेको समेत उहाँको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै