नेभिगेशन
सुदूरपश्चिम

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा कैलालीका एक जनाको मृत्यु

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बझाङ; डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ मा गजेडाबाट चौखुट्टे जाँदै गरेको से१त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २४ वर्षीय ज्ञानेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। सहचालक अछामको चौरपाटी गाउँपालिका-३ का अन्दाजी २५ वर्षीय नरबहादुर भूलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सडक भत्केको र साँघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै