नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा म्यादी प्रहरीका लागि साढे २९ हजार आवेदन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ९ हजार ९३७ जना म्यादी प्रहरी माग गरेको थियो।

बझाङ; आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले सुदूरपश्चिम प्रदेशमा ९ हजार ९३७ जना म्यादी प्रहरी माग गरेकाे थियो। तर त्यसको झण्डै तीन गुणा बढी २९ हजार ६८२ जनाले आवेदन दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती मध्ये सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन्। कैलालीमा दुई हजार ४५७ जना म्यादी प्रहरीको माग गरिएको छ। उता कञ्चनपुरमा १ हजार ४६९ जना म्यादी प्रहरी माग भएकोमा ५ हजार ९३५ जनाको आवेदन परेको प्रहरी कार्यालयले जनाएको छ। यस्तै डोटीमा एक हजार ३९५, अछाममा दुई हजार १४ र बाजुरामा एक हजार ६६७ जनाले म्यादी प्रहरीका लागि निवेदन दिएका छन्। त्यसैगरी बझाङमा १ हजार ६५६ जना, बैतडीमा २ हजार २४ जना, डडेल्धुरामा १ हजार ७७१ र दार्चुलामा एक हजार ९५८ जनाले आवेदन दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै