नेभिगेशन
सुदूरपश्चिम

शिक्षकहरु शिक्षक सेवाको तयारीमा गएपछि बझाङको नारायण मावि कैलाशमा पढाई ठप्प

बझाङ : शिक्षकहरू शिक्षक सेवा आयोगको तयारी गर्न गएपछि बझाङको जयपृथ्वी नगरपालिका १ कैलासमा रहेको नारायण माध्यामिक विद्यालय चैत २० गते सम्मका लागी बन्द गरिएको छ । बुधबारबाट विद्यालयका शिक्षकहरू परिक्षा दिनका लागि जिल्ला बाहिर गएपछि विध्यालय बन्द गर्नु परेको विध्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहले बताउनुभयो ।

सिंहले आफूलाई कुनै जानकारी नदिएको र शिक्षक सेवाको तयारी गर्न गएका भनेर अरूले सुनाएको बताउनुभएको छ । 

आफुहरूलाइ पढाउने शिक्षकहरू विध्यालयमा नआउँदा पढाइ प्रभावित भएको र २० गते सम्म विध्यालय नआउन भनिएको कक्षा ९ मा अध्ययनरत विध्यार्थी पारस सिंहले बताउनुभयो । 

विध्यालयमा पढाउने शिक्षक प्राय: जसो नआउने र अहिले शिक्षक नहुँदा आफूहरु विद्यालयबाट फर्केको विद्यार्थी सिंहले बताउनुभयो ।  

विद्यालयमा शिक्षकहरुको मनपरि हुँदा पनि विद्यालय  व्यवस्थापन समिति भने मौन बसेको स्थानीय डम्बरबहादुर सिंहले बताउनुभयाे । सिंहले अभिभावकहरूले पनि विद्यालयप्रति चाँसाे नदिदा यस्ताे समस्या आएकाे बताउनुभयाे  । आफूहरूकाे काेर्षसमेत पूरा नभएकाे कक्षा १० का छात्र सन्देश सिंहले बताउनुभयाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै