नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

बझाङ; कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ तिनताराकी २६ वर्षीया माया लुहार र बेदकोट नगरपालिका–७ का पदम ओड रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुलाई बुधबार भीमदत्त नगरपालिका–११ गड्डाचौकी ब्यारेलबाट ७ ग्राम १६ मिलीग्राम खैरो हेरोइन र ६० मिलीग्राम चरेसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। बनबासाबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरु समातिएका थिए। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै